रविवार, 2 फ़रवरी 2020


२२ गते होई श्रीराम सुगर मिल्सके डोङ्गा पुजा
रौतहट जिलाके मध्यभागमे रहल श्रीराम सुगर मिल्सके संचालन करेके लेल माघ २२ गतेके दिन चिनीमिलके डोङ्गा पुजा होए वाला भेल हए आर्थिक बर्ष २०७६÷०७७ मे संचालन होएके अथवा नहोएके अवस्थामे उखु उत्पादक संघ रौतहट किसन जनजागरण अभियानके अभियनता जयनाथ राय यादवद्वारा कएल गेल विभिन्न चरणके आन्दोलन उखु उत्पादक संघके सक्रियतामे मंत्री स्तरीय निर्णय अनुसर मिल संचालन करेके बात भेल रहे ।अोही अनुरुप गरुडामे रहल चिनीमिल संचालन करेके लेल जोर सोरसे मरम्मतके काम कके माघ २२ गते बुधवारके दिन चिनीमिलके डोङ्गा पुजा करेके सुनिश्चित भेल चिनीमिलके प्रशासन अधिकृत श्याम यादव जानकारी करएले छत अधिकृत यादवके अनुसार कुछ व्यक्ति सोसल मिडिया विभिन्न औनलाईनमे भ्रमाक समाचार लिखरहल हए ओई समाचारके ओर ध्यान नदेवेके लेल भि अपिल कएले हए २०७६÷०७७ के क्रसिङ्ग सिजनमे चिनीमिल संचालन होएके सुनिश्चित होएकलाके बाद हि किसान सबके अपन उख श्रीराम सुगर मिलसमे देवेके लेल आग्रह सम्पूर्ण किसानसे कएल गेल हुन बतएलन


रौतहटमा फार्निचर मेलामा २२ करोडको करोबारको लक्ष्य
हरेक बर्षजस्तै यस बर्षपनि रौतहटको जयनगर चोकमा फर्निचर मेला सुरु भएको बसन्त पञ्चमीको अवसरमा जिल्लाको धार्मिकस्थल शिवनगर महादेव स्थानमा लाग्ने मेलासँगै माघ १६ गतेबाट गरुडा नगरपालिका जयनगरमा काठका फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला शुरु भएको हो यस पटकको मेलामा २२ करोड रुपैयाँभन्दा बढीको कारोवार हुने मेला आयोजकको अनुमान एक दशकभन्दा लामो समयदेखि वर्षेनी लाग्दै आएको फर्निचर मेलामा रौतहट सहित छिमेकी जिल्ला सर्लाही बाराका मिस्त्रीब्यवसायीले महिनौँदेखि घरमै निर्माण गरेका विभिन्न जातका काठको फर्निचर मेलामा बिक्रीका लागि ल्याएका छन् साल, सिसम, टिक, मसला, आँप लगायत विभिन्न जातको काठबाट निर्मित पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, सोफा, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करिब सबै प्रकारका फर्निचरहरु मेलामा उपलब्ध छन् ।मेला झण्डै तीन महिनासम्म चल्ने आयोजकको भनाइ २०६५ साल देखि प्रत्येक वर्ष बसन्त पञ्चमीमा सुरु भएर रामनवमीसम्म मेला आयोजना हुँदै आएको मेलामा स्थानीय मिस्त्रीका अतिरिक्त बारा, सर्लाही, भारतका विभिन्न ठाउँबाट आएका मिस्त्रीहरुले फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो खुकुरीलगातका सामग्रीसमेत निर्माण गरेर बिक्री गर्दछन् ।जयनगर फर्निचर मेलामा गत वर्ष २१ करोड बराबरको कारोबार भएको मेला आयोजक समितिले जनाएको


मेयर विरेन्द्र यादवद्धारा माधोपुरमा हनुमान मन्दिरको उद्धघाटन
रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले वडा नं माधोपुरमा एक हनुमान मन्दिरको उदघाटन गर्नुभएको मेयर यादवले आईतवार एक कार्यक्रमकाबीच उक्त हनुमान मन्दिरको उदघाटन गरेका हुन माधवनारायण नगरपालिकाको नगरस्तरीय बजेटबाट गत वर्ष निर्माण भएको हनुमान मन्दिरको मेयर यादवले औपचारीक रुपमा हिजो उदघाटन गरेका हुन गत वर्ष माधवनारायण नगरपालिकाको १४ लाख रुपैयाको लागतमा माधोपुर दक्षिणवारी टोलमा उक्त हनुमान मन्दिरको निर्माण कार्य अगाडि बढाईएको थियो माधोपुरमा हनुमानको मुर्ति भएपनि भवन नरहेको जनगुनासो आएपछि मेयर विरेन्द्र यादवले गत वर्ष उक्त मन्दिरको भवन निर्माणको लागि नगरपालिकाबाट १४ लाख रुपैया विनियोजन गरेर मन्दिर निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिनुभएको थियो नगर प्रमुख विरेन्द्र यादवले निर्वाचित भएदेखी अहिलेसम्म विभिन्न वडामा यस्ता कयौ भौतिक पुर्वाधार निर्माणका काम गरेका हुन मेयर यादव पूर्वाधारका साथै वाड वाडमा नयाँ पुरानो गरी दर्जानौ सडक नाला निर्माण पनि गरेका हुन आफनो कार्यकाल अझौ दुई वर्ष भन्दा बढी दिन बाँकी रहेको बताउँदै मेयर यादवले आफनो कार्यकालसम्म नगरको समग्र विकास गरी कायापल्ट गर्ने योजना बनाएको बताउनुभयो पछिलो समय विकास प्रेमी मेयर विरेन्द्र यादवले विकास निर्माणको काममा अग्रसरता देखाएपछि माधवनारायण नगरपालिकामा विकास निर्माणको काम गति लिएको देखिएको

बेथिती न्युनिकरणका लागी नागरिक समाज चन्द्रपुरको ज्ञापनपत्र
 रौतहटको चन्द्रपुर नगरपालीका भित्र देखीएका बिबिध बेथितीहरु प्रती नागरिक समाज चन्द्रपुर, रौतहटले आज चन्द्रपुर नगरपालीकाको ध्यानाकर्षण गरेको अब्यवस्थित बजार तथा अतिक्रमीत सडक, सामुदायिक अस्पताल सरकारी कार्यालयहरुमा ब्यप्त ढिलासुस्ती, भ्रष्टाचार, बढ्दो प्रदुषण, टिप्पर आतंक, जथाभावी यातायात पार्किङ्ग लगाएतका बिषयमा समाजले बुदे ज्ञापनपत्र नगरपालीकालाई बुझाएको हो नगरपालीका कार्यालयले निदान गर्नुपर्ने यस्ता समस्याको बिषयमा उचित ध्यान पु¥याउन नसकेको नागरिक समाज चन्द्रपुरको ठहर ज्ञापनपत्रमार्फत मुख्य तथा सहायक सडकमा रहेको अतिक्रमण हटाई मुख्य सडकहरुमा ढल पेटी निर्माणका साथै पूर्ण सरसफाईको माग गरीएको यस्तै दोश्रो बुदामा निर्माण समाग्री ढुवानी गर्ने सवारीका लागी समानचाप युक्त बाटो बाट नभई बैकल्पिक बाटोबाट लैजाने ब्यवस्था मिलाउन माग गरीएको यस्तै तेश्रो बुदामा साना तथा ठूला सवारीको पार्किङ्ग ब्यवस्थित बनाई हाटबजारको समुचित ब्यवस्थापन गर्न माग गरीएको ज्ञापनपत्रको चौथो, पाचौ, छैठौ सातौ बुदामा क्रमशः चन्द्रपुर सामुदायिक अस्पतालमा औषधि पुर्ती गर्न, प्रदुषण न्युनिकरणका लागी चन्द्रपुरलाई प्लास्टिक मुक्त सहर घोषणा गर्न, सरकारी कार्यालयहरुमा नियमित अनुगमन गर्न नगरका उपयुक्त स्थानहरुमा आधारभुत सुबिधासहित उद्यान÷पार्क, पुस्तकालय क्लबघर निर्र्माण गर्न माग गरीएको चन्द्रपुरको सुधार बिकाशका लागी गत माघ १५ गते बसेको अगुवा समाजसेवीहरुको भेलाले यस ज्ञापनपत्र तयार गरेको हो आज एक कार्यक्रमका बिच नागरिक समाजका अजयकुमार साह, ऋषिराम काफ्ले, भरत प्रसाद आचार्य, दिलबहादुर कोईराला, सुनिल कुमार साह, टिकाबहादुर घिमिरे गिता भारतिले उक्त ज्ञापनपत्र नगरपालीकाका मेयर रामचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन्

चिनी उद्योगको प्रदुषण विरुद्ध आन्दोलन
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले प्रदुषण नियन्त्रण गर्न चासो नदिएको भन्दै स्थानीय वासिन्दा आन्दोलित भएका छन पटकपटक ध्यानाकर्षण गराउँदा पनि उद्योगले धूलो धुँवा दुर्गन्ध नियन्त्रण गर्न चासो नदिएपछि आन्दोलन सुरु गरिएको उद्योग विरुद्ध गठित संघर्ष समितिका संयोजक सुरेश भट्टराईले जानकारी दिए आन्दोलनको पहिलो दिन स्थानीय वासिन्दाले आइतवार पूर्वपश्चिम राजमार्गस्थित हरिवन बजारमा ¥याली निकाली चिनी उद्योग, नगरपालिका ईलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।तीन दिनभित्र प्रदुषण नियन्त्रण गर्न कुनै पहल नगरे उद्योगविरुद्ध कडा आन्दोलन गर्ने संघर्ष समितिका संयोजक भट्टराईले बताए इन्दुशङ्कर चिनी उद्योगबाट निस्कने धूलो धुँवाका कारण घर तथा करेसा बारी कूरुप हुनुका साथै स्वास्थ्यमा श्वासप्रश्वास लगायतका समस्या देखिन थालेको स्थानीय वासिन्दाले बताएका छन् ।चिनी उद्योगको चिम्नीबाट उड्ने कालो धूलोले धोएर सुकाएको लुगा कालै हुने, घरभित्रै बसेर खाना खाँदा पनि खानाभरी छपक्कै धूलो हुने चिनी उद्योग पछाडि रहेको डिष्ट्रिलरीबाट बग्ने झोलिलो पदार्थले गाउँ नै दुर्गन्धित हुने गरेको स्थानीय विनय न्यौपानेले गुनासो गरे उद्योगको प्रदुषणका सम्वन्धमा यसअघि पटकपटक ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउने काम भएपनि सुनुवाई नभएको स्थानीय वासिन्दाले गुनासो गरेका छन्


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें