गुरुवार, 16 जनवरी 2020


सरकारी विद्यालयमा पढ्नेले मात्र छात्रवृत्ति पाउने
कक्षा देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो। समिति सभापति जयपुरी घर्तिले समावेशी छात्रवृतिका नाममा विभिन्न विकृतिहरु बढेकाले यस्तो अनिवार्य व्यवस्था गरिएको बताइन्। जुन व्यक्तिले छात्रवृति पाउनुपर्ने हो त्यसले नपाएको गुनासोहरु धेरै आएकाले कक्षा देखि १० सम्म अनिवार्य रुपमा माध्यमिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था गरिएको उनले बताइन्। ुपिछडिएको क्षेत्र कर्णाली भन्यो तर काठमाडौं बस्नेहरुले कर्णाली नाम लेखेर लिने गरेको पाइयो। गरिब भन्यौँ अरु नाम लेखेर लिने गरेको पाइयो। सरकारी भन्यो प्राइभेट पढेकालाई कागज बनाएर छात्रवृति दिने विकृति रहेकाले यो व्यवस्था गरिएको हो’, उनले भनिन्। सभापति घर्तिले विश्वविद्यलयका पदाधिकारी ५१ प्रतिशत सदस्यहरुले हटाउन सक्ने व्यवस्था पनि गरिएको बताइन्। समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको उनले बताइन्। समितिमा छलफलका क्रममा उच्च शिक्षा निः शुल्क गर्नुपर्ने संशोधन पनि परेको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलले तीन वटा नयाँ विधेयक आउने जानकारी गराएपछि नयाँ विधेयकमा नै छलफल गर्नेगरी उक्त विषय समावेश गरिएन्। दलित, अपाङ्गता भएका व्यक्ति तथा आथिृक रुपमा विपन्नलाई हरेक तहमा एकपटक छात्रवृति दिने व्यवस्था गरिएको  छ। यसअघि पटक मात्रै दिने व्यवस्था थियो। अब उच्च शिक्षामा मातृभाषामा अध्ययन गर्ने बाटो पनि खुला भएको छ। समितिले उच्च शिक्षामा मातृभाषामा पढ्न पाउने व्यवस्था गरेको हो। उच्च शिक्षा छाता ऐनमा नयाँ ढंगले छलफल गरेर जानुपर्ने भएकाले धेरे नेपाल ऐन संशोधन नगरिएको सभापति घर्तिले बताइन्।

प्रहरीद्धारा घरेलु मदिरा नष्ट
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अबैध घरेलु मदिरा नष्ट गरेको बिभिन्न समयमा बरामद गरिएको करिब हजार सय लिटर अबैध घरेलु मदिरा पत्रकार स्थानीय बासिन्दाको रोहबरमा बिहिबार प्रहरीले खाडल खनेर नष्ट गरेको हो बस,अटो,रिक्सामा राखेर बिक्रिका लागी लैंजादैं गरेको मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिए अवैध मदिरा भट्टी बाट उत्पादित रक्सी सदरमुकाम गौर, गरुडा चन्द्रनिगाहपुरका बजारमा खुलेआम रुपमा बिक्री बितरण हुदै आएको आफुले जानकारी पाएको बताउदै डिएसपी शाहीले अबका दिनमा यसको उत्पादन बिक्रि बितरणमा प्रतिबन्ध लगाउने बताए

प्रहरी नायव निरीक्षकसहित जनालाई विभागीय कारबाहीको सिफारिस
रौतहटको गौर कारागारबाट कैदी फरार प्रकरणमा छानविन गर्न गठित समितिले पाँच जनाविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरेको कैदी फरार भएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक रामसरोबर सिंहलगायत पाँच जनालाई विभागीय कारबाही गर्न छानविन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिवेदन बुझाएको हो पुस २७ गते आइतबार राति १० बजेको समयमा कारागारको विद्युत प्रणाली अवरुद्ध बनाएर अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा १५ वर्षको सजाय पाएका कैदी अशोक राय यादव फरार भएका थिए कारागारमा रहेका गढीमाई नगरपालिका का यादव फरार भएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो ।प्रशासकीय अधिकृत कीरणनिधि तिवारीको संयोजकत्वमा प्रहरी निरीक्षक नविनकुमार सिंह, राष्ट्रिय अनुसन्धानका निरीक्षक मायाशंकर सिंह समेतको छानविन समितिले कार्यालय सहयोगी एकरामुल हकसहित सुरक्षामा तैनाथ रहेका प्रहरी नायव निरीक्षक रामसरोबर सिंह, प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव, प्रहरी हवलदार नीरजकुमार सिंह प्रहरी जवान महानन्दप्रसाद यादवलाई विभागीय कारबाही गर्न प्रतिवेदन बुझाएको हो ।छानविन समितिका संयोजक तिवारीका अनुसार कैदी भगाउने कार्यमा कार्यालय सहयोगी हक कारागारको सुरक्षामा खटिएका प्रहरीको गम्भीर त्रुटी रहेकोले उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको कारागारको क्षमता भन्दा बढी कैदी राख्नु नहुने, कारागारको पर्खाल अग्लो बनाउनुपर्ने, सीसीटिभी क्यामेराबाट गतिविधि अवलोकन गर्नुपर्ने, सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुपर्ने लगायतको १५ बुंदे सुझाव समेत प्रतिवेदनमा समेटिएको संयोजक तिवारीले बताए ।त्यसै गरी प्रहरी सहायक निरक्षक यादव प्रहरी नायव निरक्षक सिंहलाई निलम्बनको लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाइएको समेत उनले बताए कार्यालय सहयोगी एकरामुल हकलाई प्रहरी हिरासतमा राखी जिल्ला अदालत गौरबाट दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको उपरिक्षक खडकाले बताए

१२ मिटरको हुलाकी सडक स्वीकार्य छैनस् नेता साह
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर का अध्यक्ष प्रभु साहले हुलाकी लोकमार्गको सडकसीमा १२ मिटर कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् विहिबार रौतहटको यमुनामाई गाउँपालिका(, झुन्खुनवामा गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले १२ मिटरमा बनाएको सडकको कुनै अर्थ नरहेको जीकिर गरे अध्यक्ष साहले भने, “वर्षौंदेखि पछाडि परेको मधेशलाई आर्थिक, व्यवसायिक व्यापारिक रुपमा माथी उठाउने एक मात्र विकल्प हुलाकी लोकमार्ग हो। भन्नुपर्दा खेरी हुलाकी सडक मधेशको विकासको मेरुदण्ड हो तर बिडम्बना यो सडकको सीमा १२ मिटरमा सिमित गरिएको यो हामीलाई कदापी स्वीकार्य छैन १२ मीटर सडकसीमा राखेर बनाइएको हुलाकी सडक मधेशी जनतालाई ठग्ने काम मात्र भएको भन्दै अध्यक्ष साहले भने, ” कुनै जमाना थियो त्यतीबेला कम जनसंख्या, कम गाडी, कम बस्ती हुँदा राजमार्गहरु ५० मिटर सडकसीमा राखेर बनाइयो तर हिजोको अनुपातमा आज सबैथोक बढ्दा पनि १२ मिटर राख्नु भनेको अदुर्दर्शिताको पराकाष्ठा हो सानो बच्चालाई चकलेट दिएर फकाएझैँ मधेशी जनता ठग्ने काम मात्र भएको सडकसीमा कम्तीमा ५० मिटर नपुर्याउने हो भने हुलाकी सडक नबनाए पनि हुन्छ

नेपाल(भारत सीमा क्षेत्रका संरचनाहरु हटाइयो
भारतसँग सीमा जोडिएको रौतहटको नेपाल(भारत सीमा क्षेत्रको ३२ किलोमिटर लामो भूभागमा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाइएको सशस्त्र प्रहरीले दशगजा सीमा क्षेत्रमा बनाइएका घरगोठ, टहरा, पसल तथा बजार क्षेत्र खाली गराएको हो नेपाल भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा सीमा क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाइएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए लामो समयदेखी सीमा क्षेत्रमा रहेको दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयले अतिक्रमण गरी निजी कामका लागि प्रयोग गर्दै आइरहेका थिए सीमा स्तम्भका रुपमा रहने जंगे, मझौला तथा साना पीलरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका भौतिक संरचनाका कारण सीमा स्तम्भ समेत फेला पार्न कठिन हुँदै आएको थियो दशगजा क्षेत्रको भूभाग अतिक्रमण गर्नेमा अधिकांस भारतीय नागरिक रहेको पाइएको सशस्त्र प्रहरीले जनाएको ।दशगजाबाट हटाइएका अतिक्रमण मध्ये २९ स्थानमा भारतीय पक्षले अतिक्रमण गरेका थिए भने स्थानमा नेपाली पक्षका स्थानीयले घर टहरा निर्माण गरेका थिए ।यसै गरी भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका( स्थित पीलर संख्या ३४८ ९मझौला० वडा नम्बर मठिया स्थित ३४८ ९मझौला० पीलरकोबीचमा भारत तर्फ विद्युत प्रयोग गर्नका लागि दशगजामा गाडेको विद्युतका पोलहरु समेत सशस्त्र प्रहरीले हटाएको सीमा क्षेत्रमै रहेका पाँच वटा उक्त पोलहरुलाई भारतीय क्षेत्रमा रहने गरी हटाउन लगाएको कर्णजितले बताए हामीले दशगजा क्षेत्रमा रहेको सबै अतिक्रमण हटाएर सिमा क्लियर गरेका छौं कर्णजितले भने सबै सीमा स्तभ्महरुको अवस्थाका बारेमा हामीले तथ्याङ्क जीपीएस संकलन समेत गरेका छौं

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें