सोमवार, 6 अगस्त 2018

आर्थिक अनियमितता लुकाउन कटहरिया नपाका कर्मचारी द्धारा कार्यालयमा तालाबन्दी
रौतहटको कटहरिया नगरपालिकाका कर्मचारीहरु आर्थिक अनियमितता लुकाउन कार्यालयमा तालाबन्दी गरेर सिडिओ लाई गुहार्दै हिडेका छन । कटहरीया नगरपालिकामा गत आर्थिक बर्षमा विकास निर्माण लगायत विभिन्न शिक्र्षकमा भएको खर्चको विवरण प्रमुख प्रशासकीय अधिकृत र लेखापाल संग निर्वाचित जनप्रतिािनधिहरुले माग गर्दा हिसाब किताव नदिई उल्टै कार्यालयमा आईतवार ताला लगाएर सदरमुकाम गौर तर्फ हिडेका छन । आफुहरु लाई अभद्र ब्यवहार गरेको भन्दै कर्मचारीहरु उपमेयर नुरजहाँ खातुनका श्रीमान नसरुदिन अन्सारी माथी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन।  समयमा हिसाव किताव सवै देउ भन्दा पनि जनप्रतिनिधहरुलाई वास्ता नगर्दा लेखापाल राजेश्वर कुुश्वाहा  विरुद्ध खनिएपछि कुश्वाहा सहित प्रमुृख प्रशासकी अधिकृत रामलाल सहनी लगायतका कर्मचारीहरुले दिउसो नगरकार्य पालिकाको कार्यालय कटहरियामा ताला लगाएर जिल्ला प्रशासन कार्यालयमा उपमेयरका श्रीमान  अन्सारी र केही जनप्रतिनिधिहरुलाई कारवाही नगरे सम्म कार्यालयमा नजाने भन्दै सिडिओ समक्ष गुहार लगाएको श्रोतको दाबी छ । उपमेयर नुरजहाँ खातुन सहितका केही वडाध्यक्षहरु हिसावकिताव पादर्शी रुपमा जनता समक्ष प्रस्तुत गर्न भनेपनि लेखापाल कुश्वाहा नमान्दा जनप्रतिनिधहरु दवाव दिदा उल्टै कार्यालयमा बस्ने माहौल नरहेको तथा केही व्यक्तिलाई कारवाही गर्नका लागि कर्मचारीहरु गौर गएको श्रोतले बतायो । लेखपाल कुश्वाहा वडाअध्यक्षहरुको भत्ता बाड्ने क्रममा गत आर्थिक बर्षमा विभिन्न शिर्षकमा खर्च भएका रकमहरु सन्तोषजनक रहेको भन्दै वडाध्यक्ष तथा नगरपालिकाको जिम्मेवार पदाधिकारीहरुलाई झुक्याएर हस्ताक्षर गराइरहेको अवस्थामा आफूले विरोध गर्दा उनले हिसाव किताव नबुझाउने तिमीहरुलाई जे गर्नुछ त्यो गर भनेर बैठकबाट बाहिरिएको र आज उल्टै उजुरी गर्न गौर गएको सुन्दा आफू आश्चर्यचकित भएको उपमेयर नुरजहाँ खातुनले बताइन । प्रमुख प्रशासकीय अधिकृत सहनीलाई समेत लेखापाल कुश्वाहाले आफनो प्रभावमा पारी एक्लौटी रुपमा वडाध्यक्षहरुलाई प्रलोभन देखाएर पुरानो हिसावकितावहरु अनुमोदन गर्न खोज्दा खेरी पोल खुलेपछि अहिले कटहरिया नगरपालिकामा लेखापालको बिषयले जनप्रतिनिधिहरु आक्रोशित बनेका समेत उनले भनिन । उपमेयरलाई कार्यवाहक नबनाउदा अहिले सम्म कटहरिया नगरपालिकाको बार्षिक नगरपरिषद समेत हुन सकेको छैनन् ।  चालू आर्थिक बर्षमा गरिने विकास निर्माणको काम काजहरुको योजना तर्जुमा गर्न नसकेको लेखापाल कुश्वाहाको कारण अवस्था सृजना भएको आरोप खातुनले लगाइन ।  लेखापालको विषयमा पटक पटक कोष तथा लेखा नियन्त्रणको कार्यालय गौर, जिल्ला प्रशासन कार्यालय गौरमा गुनासो एवं डेलिगेशन लिएर जाँदा पनि कुनै सुनवाई नहुँदा कटहरिया नगरका जनताहरु सेवा सुविधाहरु पाउनबाट बंचित भएको उनले गुनासो गरिन । लेखापाल कुश्वाहाले उपमेयर खातुनकी श्रीमान नसरुद्दिनले गत विहिवार नास्ताको विषय लिएर कार्यालयमै मार्ने धम्की दिएपछि आफू कोलेनिका प्रमुखलाई जानकारी दिएर घरमा बसेको बताए ।  हिसाव कितावको एउटा बहाना मात्रै हो उनीहरुलाई बाकी रहेको रकममा भाग बण्डा गरेर नदिदा  आरोप लगाएको बताए  । प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले कार्यालयमा बसेर काम गर्ने वातावारण नरहेको आफू सहितका कर्मचारीलाई भने अनुसारको काम नगरेमा ज्यान मार्ने धम्की दिएपछि बाध्य भई कार्यालयमा ताला लगाएर शान्ति सुरक्षा तथा न्यायको जिल्ला प्रशासन कार्यालयमा आएको बताए । धम्काउने व्यक्तिलाई कारवाही नगरे सम्म आफूहरु कामकाजमा नफर्किने चेतावनी दिए ।    सिडिओ गोविन्द प्रसाद रिजालले कार्यालयमा ताला लगाएर सेवाग्रहीको कामकाज प्रभावित नगर्न कर्मचारीलाई निर्देशन दिए । अबिलम्ब कार्यालयमा गएर सेवाग्रहीको काम गर्न जानु, शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिदिन्छु भन्दै कार्यालय अबिलम्ब खोल्न निर्देश दिए दिएको खबर पत्रकार संजय मिश्रले दिएको छ ।
मदरसाको पढाइले मात्र अगाडि बढ्न सकिंदैन –मुख्यमन्त्री
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले मुस्लिम समुदायका बालबालिकाले मदरसामा मात्र पढेर जीवनमा अगाडि बढ्न नसक्ने बताएका छन् । वीरगंजमा दुईवटा विधेयकमाथि छलफल गर्न आयोजित कार्यक्रममा उनले मुस्लिमका छोराछोरीले मदरसामा पनि पढ्नुपर्छ, तर विज्ञान, गणित, अङ्ग्रेजीलगायतका विषयको पनि अध्ययन जरुरी छ भने । उनले भने, मदरसाले इस्लाम धर्मको ज्ञान दिन्छ भने आधुनिक पढाइले आजको युगसँग प्रतिस्पर्धा गर्न सहयोग गर्छ । 
    प्रदेश सरकारले ल्याउन लागेको मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक २०७५ र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को विषयमा बारा, पर्साका सरोकारवालालाई सम्बोधन गर्दै उनले प्रदेश नं २ मा दलित र मुस्लिमको सङ्ख्या धेरै भएपनि सबैभन्दा बढी पिछडिएकाले विधेयकले उनीहरूको सशक्तीकरणमा सहयोग गर्ने बताए । प्रदेश नं २ मा १८ दशमलव ६ प्रतिशत दलित र ११ दशमलव ५ प्रतिशत मुस्लिमको बसोबास रहेको भन्दै पहिलेको सरकारले मधेसका यी समुदायलाई उपेक्षा गरेको कारण पिछडिएको औंल्याए ।  सङ्घीयतापूर्व ठूला दलले दलित र मुस्लिमलाई भोट बैंकको रूपमा उपयोग मात्र गरेको उनले स्पष्ट पारे । उनले उपयोग हुनुमा समुदायको पनि दोष रहेको चर्चा गरे । नेपालमा जुन समुदाय हकअधिकारको लागि अघि सरेको छ, उसले प्रगति गरेको तर्क प्रस्तुत गर्दै उनले आआप्mनो हकअधिकारको लागि अन्य समुदाय पनि अघि बढ्नुपर्ने आग्रह गरे । विधेयक पारित भएपछि यी दुई समुदायको लागि केन्द्रले निर्धारण गर्न नसकेको हकअधिकार प्रदेश सरकारले सुनिश्चित गर्ने उनले बताए ।
मोटरसाइकल दुर्घटनामे भेल बालकके मृत्यु
मोटरसाइकल दुर्घटनामे परके एक जना बालकके भृत्यु भेल हए । रौतहटसे बीरगन्ज ओर जारहल ना ४४ प २५०५ आ पथलैयासे निजगढके ओर जारहल ना २९ प ३३६८ नम्बरके मोटरसाइकल एकआपसमे ठोक्कर मारलासे रौतहट जिलाके भसेडवा निवासी ५ बर्षिय बालक अमित यादवके निधन भेल प्रहरी जनएले हए । उपचारके क्रममे घायल बालक यादवके बीरगन्जमे मृत्यु भेल हए । दुर्घटनामे मृत्कके पिता राम वतन यादव आ माई अनिता यादव गम्भीर घायल भेल हए । पसहा पुनके सटले भेल दुर्घटनामे दोसर मोटरसाइकलके चालक आ ओइमे सवार व्यक्ति सामान्य घायल भेल प्रहरी जनएले हए ।

लागु औषध सहित एक जना परल पक्राउ
बिरगन्ज महानगरपालिका १६ रजतजयन्ती चौकसे लागु औषध सहित प्रहरी एकजनाके पक्राउ कएल्े हए । जिला प्रहरी कार्यालय पर्सा जनएले अनुसार काठमान्डौं महानगर ६ निवासी कासाङ शेर्पाके साथसे फेनारगन, नुर्फिन १५÷१५ थान इन्जेकसन बरामद भेल हए ।  ओइसहीय प्रहरी उक्त स्थानसे ८० लिटर घरेलु मदिार बरामद कके नष्ट कएले हए ।

सवारी दुर्घटनामे परके भेल मृत्यु
सर्लाहीके इशवरपुर नगरपालिकामे अटोरीक्सा अनियन्त्रीत होएलासे एक जनाके मृत्यु भेल हए । इशवरपुरन नगरपालिका ६ खुबलाल टोलके सडकमे चलरहल ना १ ह २७४८ नम्बरके मयुरी अटोरीक्सा अनियन्त्रीत भेल रहे । अनियन्त्रीत भेलासे सडकके कातमे बइठल ओही जगहके रहनिहार राजेश महातोके २ बर्षि बेटि शिवनी कुमारी महतोके ठक्कर देलाके वाद महतोके घटना स्थलमे हि मृत्यु भेल हए । मयुरीमे सवार उहे जगहके रहनिहार ४० बर्षिय सिता देवी राम घायल गेल रहे । रामके उपचारके लेल स्थानीय मेडिकल  बैलवास पठाएल गेल हए। मयुरि आ मयुरीके चालक प्रहरीके नियन्त्रणमे रहल हए ।

करेन्ट लागके भेल मृत्यु
बाराके जितपुरमे एक महिलाके करेन्ट लागके मृत्यु भेल हए । अपने घरमे रहल पानीके मोटर जोडल धारामे सबेरे समय हाथ आ मुह धोए गेल समेमे करेन्ट लगल रहे । शनिवारके दिन सबेरे अपना घरमे रहल मोटर जडान धारामे हाथ धोए गेल समयमे करेन्ट लागके गम्भीर घायल भेल जितपुर सिमरा उपमहानगरपालिका १२ के ४५ बर्षिय मुनी देवी चौधरीके बीरगन्ज हेल्थ केयरमे उपचारके क्रममे मृत्यु भेल हए । एइ बिषयमे आवश्यक अनुसन्धान होरहल प्रहरी जनएले हए ।

नदीमे डुबके ३ बर्षिय बालिकाके भेल मृत्यु
बारा जिलाके सिम्रौनगढ नगरपालिकामे नदीमे डुबके ३ बर्षिय बालिकाके मृत्यु भेल हए । अपने घरके पछारी रहल नदीमे डुबके बालिकाके मृत्यु भेल प्रहरी जनएले हए । सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवपुराके रहनिहार शक्ति यादवके ३ बर्षके बेटी दिपीका कुमारी यादवके मृत्यु भेल हए । दिपीका अपना घरके पछारी खेलेके क्रममे सटले रहल दुधिया नदीमे गिरलाके चल्ते डुबके मरल प्रहरीके कहनाम रहल हए ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें