शुक्रवार, 10 जनवरी 2020


शिक्षा नै समृद्धिको अधार हो सांसद तिमीलसिना

मध्य रौतहट बहुमुखी क्याम्पसको स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथीको आशनबाट रौतहट जिल्ला क्षेत्र नम्बर का संघिय सांसद देव प्रसाद तिमीलसिनाले शिक्षा नै समृद्धिको अधार हो, भनेका थिए


रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिका वडा नम्बर मा स्थित मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाको प्रथम बर्षमा प्रवेश गरेका विद्यार्थीहरुलाई स्वागत तथा चौथौ बर्षको विद्यार्थीहरुलाई बिदाई गर्न क्याम्पसको दोश्रो तथा तेश्रो बर्ष तथा क्याम्पसले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा आफ्नो मनतव्य राखदै सांसद तिमीलसिनाले शैक्षिक संस्था समाजको विकास गर्ने महत्वपूर्ण ठाउँ भएकोले शैक्षिक संस्थालाई राजनैतिक स्थाल बनाउन हुन्न्न बरु शैक्षिक संस्थालाई सहयोग तथा सदभाव सहित अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो


साथै देशको गतिविधिको बारेमा चर्चा गर्दै सांसद तिमीलसिनाले भन्नु भयो, देश अहिले विखण्डन तरि गइरहेको आम जनताबाट उठाएको करबाट अहिलेको सरकार विकासको बाटो नगई विनासको बाटोमो गइरहेको कुरा बताउदै क्याम्पस विकासमा सकदो सहयोग गर्ने भन्नु भयो त्यस्तै प्रदेश नम्बर को विकास समितिको सभापति तथा प्रदेश सांसद अबुल कलाम अजाद उर्फ फुलबाबुले क्याम्पसको भौतिक निमार्णको निम्ती सहयोग गर्न हरदम तत्पर रहेको बताउदै आउँदो बजेटबाट क्याम्पसको भौतिक संरचनामा रकम विनियोजन गर्ने बताउनु भयो साथै आफ्नो क्षेत्रमा गरेको विकास भविष्यमा हुने विकासको बारेमे बताउदै प्रथम बर्षको विद्यार्थीहरुलाई उज्जवल भविष्याको कामना गर्दै चौथो बर्षको विद्यार्थीलाई बिदाई गर्दै देशको बागडोर तपाईहरुको हातमा रहेको बताउनु भयो नेपाली काँग्रेस रौतहट जिल्लाको सभापति कृष्ण प्रसाद यादवले विद्यार्थीहरुलाई स्वागत तथा विदाईको शुभकामना दिदै आफु क्याम्पसको स्थापना काल देखिनै क्याम्पसको विकासको लागी सदै कार्य गर्दै आएको बताउदै आफु बाट हुने हरसम्भव प्रयास गर्ने बताउनु भयो






कार्यक्रमा गरुडा नगरपाकिलाको मेयर इनु राय यादवले स्थानीय स्तरबाट हुने सवै किसिमको सहयोग गर्ने बताउनु भयो नगर उपप्रमुख रंगिला देवी जयसवालले क्याम्पसको शैक्षीक स्तर विकासको लागी कार्यपालीका बोर्डको बैठकबाट ठोस कदम उठाउने बताउनु भयो

स्वागत तथा बिदाई कार्यक्रमा समाजवादी पार्टीको प्रदेश सदस्य तथा जिल्ला इन्र्चाज बृजकिसोर यादवले क्याम्पसको विकासमा सवै वर्ग, समुदाय, राजनैतिककर्मी, समाजसेवीको सहयोग अपरिहार्य रहेको हुनाले सवैले सहयोग गरि जिल्लाको मध्यभागमा रहेको शैक्षिक संस्थालाई अगाडी बढाउने बताउनु भयो कार्यक्रममा वडा नम्बर को वा अध्यक्ष तथा माध्यमिक विद्यालय गरुडाको अध्यक्ष चुनचुन प्रसाद साह, नगर उद्योग वाणिज्य संघको अध्यक्ष हरेन्द्र चौधरी, कन्थमनी प्रसाद जयसवाल, विपिन जयसवाल, समाजसेवी राम कृष्ण चौधरी, खानेपानी तथा सरसफाईको अध्यक्ष पंकज जयसवाल, क्याम्पसको पूर्व अध्यक्ष भुवनेश्वर राम जयसवाल, शेख कलिमुल्लाह, युवा नेता राज कुमार दास तत्मा, नगर शिक्षक उप संयोजक मौजेलाला राय यादव, माध्यमिक विद्यालय गरुडाको प्रधानाध्यापक प्रभुराउत पटेल लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राखेको थियो

कार्यक्रममा क्याम्पस संचालक समितिको सदस्य नागेन्द्र चौरसियाले क्याम्पसको स्थापना देखी हाल सम्मको काम कर्तव्य तथा भविष्यमा क्याम्पस संचालनको पूर्वाधारको बारेमा बताएका थिए उपस्थित सबैलाई क्याम्पस प्रमुख प्रेमलाल साहले स्वागत गरेको कार्यक्रमको सभापतित्व क्याम्पस संचालन समितिको अध्यक्ष लछुमन साहले गरेको थियो

लागु औषधगाँजा फडानी गरी नष्ट
जिल्ला रौतहट फतुवा विजयपुर न।पा।१ गम्हरिया टोल स्थित रहेको श्रीराम जानकी मठको परिषर भित्र अ।५ धुर जग्गामा लगाईएको , भन्ने खवर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी टोली खटि गई उक्त स्थानमा लगाईएको अं।१०० वटा लागु औषध गाँजा वोटफडानी गरी नष्ट गरिएको, उक्त गाँजा को( कस्ले लगाएको हो भन्ने बारे थप अनुसन्धान भईरहेको 

भन्सार छलीका सर(सामानहरु बरामद गरी कारवाहीको लगि भन्सार कार्यालय बुझाईएको
 रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी पैठारी कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गतमिति २०७६।०९।२४ गते यस कार्यालयबाटखटिएको गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं।२महादेवपट्टी स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा झोलाहरु नेपाल तर्फ भित्र्याउदै गरेको अवस्थामाप्रहरी गस्ती टोलीलाई देखि बोरा झोलाहरु छाडी भागेकोले सो बोरा झोलाहरु प्रहरी टोलीले खोली हेर्दा थान कपडा, स्वीटर, सुती साडी, बच्चाहरुको ट्राउजर, डाँस्नाको कपडा, मलमल कपडा धोती लगायतका सर सामानहरु अं।मुल्य रू।९७,८२०।( सन्तान्बे हजार आठ सय बिस बराबरको सर(सामानहरु बरामद गरीआवश्यक कारवाहीको लागि आज मिति २०७६।०९।२५ गते भन्सार कार्यालय गौरमा बुझाईएको

अम्विका निमाविका छात्र÷छात्रालाई छात्रावृत्ति वितरण
श्री अम्विका निम्न माध्यमिक विद्यालय चन्द्रपुरले शुक्रबार विद्यालयमा अध्यनरत छात्र÷छात्रालाई छात्रवृति वितरण गरेको श्री शान्ति देवी स्मृति पुरस्कार सेवा निवृत शिक्षिका हरिदेवी कोईरालाबाट स्थापित पुरस्कार बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं। का वडा अध्यक्ष संजय काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको हो सो विद्यालयमा अध्यनरत ३६ जना छात्र छात्रालाई बिद्यालय पोशाक वितरण गरिएको थियो कार्यक्रममा विद्यालयका प्रधानध्यापक मुरारी चालिसे, शिक्षक बसन्त ढुङ्गेल, रेखा खड्का, सत्यवति उप्रेती, कुमार बस्नेत, प्रभा न्यौपाने, राज्यलक्ष्मी थापा, रमा लुईटेल, बर्षा घिमिरे, निर्मल राई, निर्मला अधिकारी, विन्दा सापकोटा, दिनेश कोईरालाको उपस्थिती रहेको थियो

टिप्परपछिको ट्रयाक्टर आतंक, एकै दिन रौतहटमा जनाको मृत्यु
दिनानुदिन बढ्दै गईरहेको सडक दुर्घटनाले रौतहट नै आतंकित बनेको टिप्पर आतंकपछि ट्रयाक्टरको ठक्करबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको २४ घण्टा भित्र जिल्लाका विभिन्न स्थानमा ट्याक्टरको ठक्कर बाट तिनजनाको मृत्यु भएको हो ।गौर चन्द्रपुर सडकखण्डको शुकदेवचोकमा ना ९२६७ नम्बरको ट्याक्टरले ना ४८ ५७६ नम्बरको मोटरसाईकललाई बिहिवार राती ठक्कर दिंदा मोटरसाईकलमा पछाडी बसेका माधवनारायण नगरपालिका माधोपुरका ४५ बर्षिय रामअधार ठाकुरको मृत्यु भएको हो ठक्कर बाट गम्भिर घाईते सोही ठाँउका मोटरसाईकल चालक बर्ष २२ को सुसिल ठाकुरको बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।ठक्कर दिने टयाक्टर चालक सन्तोष साहलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको त्यसैगरी गएराती बृन्दाबन नगरपालिका धमौरा स्थित गौर चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहा तर्फ गईरहेको ना ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु देवाही गोनाही नगरपालिका का बर्ष ३५ की मिरादेवीलाई ठक्कर दिँदा उनको उपचारको क्रममा बिरगंज स्थित सिटि अस्पतालमा मृत्यु भएको गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।ठक्कर दिने टयाक्ट्र चालक बारा जिल्लाको पचरौता नगरपालिका का २८ वर्षिय गुडु यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको त्यस्तै कटहरिया नगरपालिका डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डसट्जिमा उँखु लिएर गएको ना ४१४० नम्बरको ट्याक्टरले गएराती किचेर अन्दाजी ३५ बर्षिय एकजना पहिचान खुल्न नसकेको पुरुषको घटनास्थलमै मृत्यु भएको उक्त ट्याक्टरका चालक भने फरार रहेको तथा घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको ।केहीसमय देखी अधिकांश ट्याक्टर तिव्र गतीमा चलाउने उखु ढुवानीको सिजनमा अधिकांश चालक सिकारु हुने भएकाले जिल्लामा दुर्घटनामा बृद्धी भएको प्रहरीको अनुमान गरेको पछिल्लो समय रौतहट जिल्लामा सवारी दुर्घटना बढ्न थालेको सवारी साधन चलाउदा ट्राफिक नियम पाल्न नगर्ने विशेष सावधानी नअपनाउँदा सवारी दुर्घटनामा वृद्धि भएको देखिएको



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें